अदालतले रिहा गरेका विप्लवका नेतालाई अदालतबाटै पुनः पक्राउ - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

अदालतले रिहा गरेका विप्लवका नेतालाई अदालतबाटै पुनः पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्त पुनः पक्राउ परेका छन् ।

अदालतको आदेशमा रिहा भएलगत्तै उनी अदालत परिसरबाटै पुनः पक्राउ परेका हुन् । बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै अदालतले कार्कीलाई रिहा गर्न आदेश दिएको थिाये ।

तर, जिल्ला प्रहरी कार्यालय, संखुवासभामा अर्को मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नु पर्ने भन्दै प्रहरीले पुनः पक्राउ गरेको हो ।

यसअघि उनलाई चैत पहिलो साता राज्यविरुद्धको अपराध कसुर अन्तरगत कारबाहीका लागि पक्राउ गरिएको थियो । संखुवासभामा कार्कीविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान हुनेछ ।