सर्लाहीमा पनि उस्तै हावाहुरी - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सर्लाहीमा पनि उस्तै हावाहुरी



काठमाडौ । सर्लाहीमा शनिबार साँझ बारा र पर्साकाे जस्तै भीषण हावाहुरी चलेकाे छ ।

हावाहुरीबाट अहिलेसम्म एकजनाकाे मृत्यु भएको छ । हावाहुरीबाट रामपुर गाउँपालिका वडा नम्बर १ का पन्नीलाल सहनीकाे मृत्युु भएको हाे ।

सहनीलाई जस्ताकाे छानाे उडेर टाउको लागेकाे थियाे । उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको स्थानीय मनाेज यादवले जानकारी दिएका छन् ।

साँझपख चलेकाे भीषण हावाहुरी अहिले भने अलि कम भएको बासिन्दाले जानकारी गराएका छन् । हावाहुरीबाट भएको क्षतिकाे बिस्तृत बिबरण भने आइसकेकाे छैन ।