रवि ओडको पहिलो गीत सार्वजनिक (भिडियो समेत) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

रवि ओडको पहिलो गीत सार्वजनिक (भिडियो समेत)



काठमाडौं– दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। शुक्रबार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले…’ गीतको म्युजिक भिडियो मार्फत् उनी आएका हुन्।

नृत्यपरक उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत निर्देशन छ। गीतका संगीत संयोजक पनि संगीतकार लम्साल नै हुन्।

कृष्ण केसीले रचना गरेको सो गीत अकेस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो। उक्त गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

शिव बिकेको कोरियोग्राफी तथा निर्देशनमा उक्त तयार भएको भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन्।

सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन्  भने रामेश्वर कार्की छायाँकार हुन्।

भक्तपुर दरबार स्क्यायरमा छायांकन गरिएको भिडियोमा करिब ६० जना कोरस कलाकारले सामूहिक नृत्य गरेका छन्।

यस्तो छ भिडियोः

https://youtu.be/C4nSpNU-7xA