प्रधानमन्त्री विरुद्ध बोलेको भन्दै सेनाका पूर्वसहायक रथीलाई कारबाही - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रधानमन्त्री विरुद्ध बोलेको भन्दै सेनाका पूर्वसहायक रथीलाई कारबाही



सेना परिचालन सम्बन्धि प्रस्तवित विधेयकका प्रावधान गलत भएको अभिव्यक्ति दिएका दुई पूर्वसहायक रथीलाई सैनिक मुख्यालयले पत्र पठाएर गराएको छ ।

पूर्वसहायक रथी धर्म वानियाँ र प्रेमसिंह बस्नेतलाई सैनिक मुख्यालयले सचेत गराउँदै पत्र पठाएको हो । बानियाँ र बस्नेतले प्रस्तावित विधेयक सेनाको पक्षमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

रक्षा मन्त्रालयको निर्देशनअनुसार भन्दै पठाइएको पत्रमा दुबै पूर्व सहायक रथीलाई त्यसरी नवोल्न सेचत गराइएको छ ।

बानियाँले एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदै भनेका थिए, ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’

उनले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको सपोर्ट लिएका थिए । उनले भनेका थिए, ‘के विप्लवजीको पार्टीले नेपाल खान लाग्या छ ?’

बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिन पिङको नक्कल गरेको टिप्पणी गरेका थिए ।

ओलीलाई लक्षित गर्दै उनले भनेका थिए, ‘उहाँको धरातल हेर्नुस् । जनमत हिजो सुल्टिन्छ, आज उल्टिन्छ । बाढीले बगाउँछ यस्ता चिजहरु ।’