तीन दिन भारतीय नाका सबै बन्द - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

तीन दिन भारतीय नाका सबै बन्द



बैतडी । सुदूरपश्चिमका सबै भारतीय नाका तीन दिन बन्द हुने भएकाे छ । भारतमा चैत २८ लोकसभा निर्वाचन हुँदैछ । निर्वाचनको लागि नाका बन्द गर्न लागिएको हो ।

नेपाल–भारत सीमा सुरक्षा बैठकले नाका बन्द गर्ने निर्णय गरेको छ । निर्वाचनलाई मध्यनजर गर्दै चैत २६ गतेदेखि २८ गतेसम्म नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

सीमाक्षेत्रमा हुने निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पति पदार्थ चोरीशिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागुपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गरिने सन्दर्भमा समेत बैठकमा छलफल भएको थियो ।

भन्सारमा जाँच र नेपालीले भारतमा पाउँदै आएको पेन्सनलाई सहजरूपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।