राहतका सक्रिय बन्यो नेता महर नेतृत्वको टोली - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

राहतका सक्रिय बन्यो नेता महर नेतृत्वको टोली



बारा । हावाहुरी प्रभावित क्षेत्र बाराको फेंटा गाउँपालिका भलुही÷भर्वलीया पुगेर नेपाली कांग्रेसका नेता तथा भातृ संस्थाहरु उद्धार र राहत कार्यमा जुटिरहेका छन्। हावाहुरीले १३ जना को ज्यान लिएको उक्त क्षेत्रमा जिल्ला प्रशासनको स्वीकृति लिएर राहत वितरण र हावाहुरीबाट भत्किएका घरको भग्नावशेष हटाउन नेपाली कांग्रेसका नेता एवम् नेविसंघ पूर्व अध्यक्ष नैनसिंह महर नेतृत्वको टोली उक्त क्षेत्रमा पुगेको छ ।

महर सहित वारा कांग्रेसका कोषाध्यक्ष शेखर यादव, रौतहटका पूर्व माननीय जीतेन्द्र यादव, नेविसंघ पूर्व केन्द्रीय सदस्यहरु सन्जय यादव, फिरोज आलम, सुधीर पटेल लगायतको टोली यतिवेला राहत तथा उद्धार कार्यमा जुटेको हो । सात वटै प्रदेशका कांग्रेसी युवाहरुले ८० परिवारलाई चामल, दाल, तरकीरी, त्रिपाल, टुथ पेस्ट, व्रस, पानी, फ्रुटी लगायतका सामाग्री प्रदान गरेको नेविसंघ पूर्व केन्द्रीय सदस्य वद्रि तिवारीले बताए ।

‘राहत कार्य नसकिएसम्म प्रभावित क्षेत्रमा हाम्रो सक्रियता रहन्छ’, नेता महरले भने, ‘यो विपदबाट वृद्ध, वालवालिका र विद्यार्थी बढी प्रभावित छन्। उनीहरुको उद्धारका लागि यस्तो विपतको बेलामा सबैले एकजुट भएर सहयोग गर्नुपर्छ ।’ महरले विद्यार्थीको पढाइसमेत नराम्रोरी प्रभावित बनेको बताए । महरले वर्तमान सरकारको अकर्मण्यताका कारण प्रदेश दुईमा एसइई परिक्षा लामो समयसम्म स्थिगित हुँदा विद्यार्थी भारमा परेको र उनीहरु भविश्यप्रति चिन्तित बनेको बताए ।

राहत तथा उद्दारमा पनि सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको महरको आरोप छ । उनले सरकारलाई छिटो भन्दा छिटो पीडितको घाउँमा मलम लगाउने काम गर्न आग्रह गरे । भाषण गरेजस्तो सजिलो काम गर्न नभएकाले भाषण भन्दा काम गरेर देखाउन सरकारलाई नेता महरको आग्रह छ ।