बार चुनाव : चण्डेश्वर श्रेष्ठ विजयी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बार चुनाव : चण्डेश्वर श्रेष्ठ विजयी



काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई हराएका थिए ।

प्रारम्भिक गणनामा अग्रस्थानमा रहेपनि निर्वाचन निकै प्रतिस्पर्धा भएका कारण कसले जित्ला भन्ने अनुमान गर्न निकै कठिन थियो।

प्रायसः सरकार विरोधी उम्मेदवारहरुले विजय हासिल गर्ने गरेकोमा त्यो परम्परा तोड्दै श्रेष्ठले अध्यक्ष पदमा बाजी मारेका हुन्।

तर, महासचिवमा चाहिँ लोकतान्त्रिक समूकका लीलामणि पौडेलले प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरे।

अहिले गणना भएका समग्र मत परिणामलाई एकिकृत गर्ने कार्य जारी रहेकाले आधिकारिक घोषणा केही बेरमा हुने बताइएको छ।