बार मत गणना : दुवै पक्षको तिब्र प्रतिस्पर्धा (पछिल्लो अपडेट) - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बार मत गणना : दुवै पक्षको तिब्र प्रतिस्पर्धा (पछिल्लो अपडेट)



नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील (वामपन्थी) र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिएका छन्।

श्रेष्ठले दुई हजार चार सय ४५ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले दुई हजार तीन सय ७५ मत ल्याएका छन्।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि छन्। पौडेलले दुई हजार चार सय ५४ मत पाउँदा प्रगतिशील पक्षका पक्षका सुरेन्द्रबहादुर थापाले दुई हजार तीन सय १४ मत प्राप्त गरेका छन्।

अब दुई हजार पाँच सय ८५ मत गणना गर्न बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए। विहान नौ बजेपछि फेरि मत गणना सुरु हुने छ।

नेपाल बारको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो। १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मत खसेको थियो।