विप्लप राजनीतिक मूलधारमा आउने खुलासा - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

विप्लप राजनीतिक मूलधारमा आउने खुलासा



सोलुखुम्बु। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लप समूह अब छिट्टै राजनीतिक मूलधारमा आउने बताएका छन् ।

मंगलबार सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकाले निर्माण गरेको गाउँसभा हल तथा प्रहरीचौकीको भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले देशमा मधेसलाई अलग गर्छु भन्ने सीके राउत जस्ता फरक विचारका समूहसमेत संघीयता कार्यान्वयन गर्न राज्यसँग समन्वय गर्न आइसकेको भन्दै अब कसैले पनि बन्दुक बोक्नुपर्ने बताए ।

विप्लवले अझै बन्दुकको आडमा अगाडि बढ्ने खोजे जनताले नै त्यसको जवाफ फर्काउने भएकाले अब राष्ट्र निर्माण आउनुको कुनै विकल्प नरहेको समेत राईले दाबी गरे ।

सोही दिन माप्य दूधकोसी हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका–१ सम्म पुगेको सडकको समेत उद्घाटन गर्दै मुख्यमन्त्री राईले अहिलेका जनप्रतिनिधिलाई कुनै पनि बहानामा काम नगर्ने छुट नभएको बताए । अब कुनै विवाद, अलमल, बहस, मतमतान्तर मुलुकमा छैन भन्दै राईले देशमा संघीय प्रणालीमा गइसकेकाले जनप्रतिनिधिलाई असक्षम हुने, जनताको आँखामा छारो हाल्ने, बजेट हिनामिना गर्ने, जनतालाई ढाँट्ने, कुनै पनि लोभलालच गर्ने कुनै छुट छैन भने ।