फेरी पक्राउ परे सुधीर बस्नेत - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

फेरी पक्राउ परे सुधीर बस्नेत



काठमाडौं : ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको टोलीले बुधबार साँझ ७ बजे उनलाई भीमसेनगोलाबाट पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी बसन्त लामाका अनुसार ठगी अभियोगमा बस्नेतलाई पक्राउ गरिएको हो।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सिफारिसका आधारमा बस्नेतलाई पक्राउ गरिएको लामाले जानकारी दिए। बस्नेतलाई १६ अर्ब भन्दा बढी ठगीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नेतको सम्पूर्ण सम्पत्ति कब्जा गरेर लिलामी प्रक्रियाबाट बिक्री गरी पीडितको पैसा फिर्ता गर्ने भन्दै बुधबार विज्ञप्ति जारी गरेको छ।
समितिको प्रतिवेदन अनुसार बस्नेतले १६ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको छ। ओरेन्टल सहकारी र विभिन्न हाउजिङ तथा अपार्टमेन्ट बनाउने भन्दै बस्नेतले सर्वसाधारणसँग अर्बौं रुपैयाँ उठाएका थिए।

यसअघि पनि बस्नेतले ठगी अभियोगमै दुई वर्ष जेल बसेका थिए। २०७३ पुसमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।