शशांकले गल्ति स्वीकार्दै भने : म चिप्लिएँ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

शशांकले गल्ति स्वीकार्दै भने : म चिप्लिएँ



स्याङजा । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले हिन्दु राष्ट्र र जनमत संग्रहको विषयमा आफु चिप्लिएको बताएका छन् । गएको होलीमा उनले हिन्दु राष्ट्रको लागि जनमत संग्रहको पक्षमा भएको टिप्पणी दिएका थिए । त्यसयता पार्टीभित्रैबाट पनि लगातार विरोध हुन थालेपछि कोईरालाले मंगलबार प्रेस युनियन स्याङजाको पत्रकार सम्मेलनमा बोल्दै आफू स्लिप भएको स्विकारेका हुन् ।

“त्यो होलीको दिन थियो मैले स्लिप गरेकै हो,” उनले भने, “पत्रकारहरुले घुमाईफिराई प्रश्न राखे, ओलीले होली वाइन खाएको देखेनन् ।” महामन्त्री कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा नभई धर्म स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे । “म चाहिँ हिन्दु राष्ट्रको पक्षमा नभई धर्म स्वतन्त्रताको पक्षमा छु, मेरो ठाउँमा धेरै मान्छेहरु छन्, जसले प्रेसर हाल्छन्, तर म हिन्दु राष्ट्र नभई धर्म स्वतन्त्रताको पक्षमा छु,” उनको भनाई थियो ।

यस्तै, उनले बीपीको सिद्धान्त र मार्गचित्रमा हिँड्ने व्यक्ति नै सच्चा सुपुत्र हुने बताए ।