बार एसोसिएसन मतगणना : प्रगतिशील पक्षले लिए अग्रता - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

बार एसोसिएसन मतगणना : प्रगतिशील पक्षले लिए अग्रता



नेपाल बार एसोसिएसन निर्वाचनको मतगणनामा प्रगतिशील पक्षका उम्मेदवारहरुले प्रारम्भिक अग्रता हासिल गरेका छन्।

मोरङ, इलाम र झापाको मतपेटिका गणनाको क्रममा प्रगतिशील समूहका अध्यक्ष पदका उम्मेदवार ७१ मत प्राप्त गरेका छन् भने लोकतन्त्रवादी समूहका सुनिल पोखरेलले ३६ मतका साथ उनलाई पछ्याएका छन्।

यसमध्ये मोरङमा श्रेष्ठले २९ मत प्राप्त गर्दा पोखरेलको पक्षमा जम्मा ६ मत आएको छ भने इलाममा श्रेष्ठले २५ मत पाउँदा पोखरेलले १५ मत पाएका छन्।

झापामा चाहिँ मतान्तर निकै कम छ। जस अनुसार श्रेष्ठले १७ मत पाउँदा श्रेष्ठले १५ मत पाएका छन्।

महासचिवमा पनि प्रगतिशील पक्षकै अग्रता छ। प्रगतिशील पक्षका सुरेन्द्र थापाले गणना भएका मत मध्ये ६८ मत पाउँदा लोकतन्त्रवादी समूहका लिलामणि पौडेलले ३८ मतमात्र पाएका छन्।

जस अनुसार मोरङमा थापाको २९ र पौडेलको ५, इलाममा थापाको २५ र पौडेलको १७ र झापामा थापाको १४ र पौडेलको १६ मत रहेको छ।

निर्वाचनमा दुबै पक्षबीच तीब्र प्रतिस्पर्धा रहेकाले प्रारम्भिक मतगणनाकै आधारमा कसले विजय हासिल गर्छ भन्न सकिने स्थिति भने छैन।