विप्लवका नेता र कार्यकर्ता नेकपामा प्रवेश - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

विप्लवका नेता र कार्यकर्ता नेकपामा प्रवेश



दमौली, तनहुँमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता सत्ताधारी नेकपामा प्रवेश गरेका छन्।

दमौलीमा सोमबार आयोजित कार्यक्रममा विप्लव नेतृत्वको नेकपानिकट भ्रातृ संस्था युवा संगठन तनहुँका सचिव वसन्त सदाशंकरसहित पाँच कार्यकर्ता नेकपा प्रवेश गरेका हुन्। युवा संगठन जिल्ला सदस्य विनोद विक, निरज श्रेष्ठ तथा नवीन घर्तीलाई नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।

पार्टीमा स्वागत गर्दै नेकपाका केन्द्रीय सदस्य श्रेष्ठले हिंसा गरेको बाटोभन्दा शान्तिपूर्ण संघर्षको बाटो रोज्नु उत्तम रहेको बताए। उनले हिंसाको सोच त्यागेर पार्टीमा आउनु सुखद् पक्ष भएको बताए। अहिलेको समयमा विप्लव नेतृत्वको नेकपाको व्यवहारमा आफूहरु जान नसक्ने भएकाले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको सदाशंकरले बताए। उनले अहिलेको अवस्थामा विप्लव पार्टीले लिएको गति उचित नलागेकाले पार्टी त्यागेको बताए।

उनीहरुलाई तनहुँ क्षेत्र नम्वर दुईका प्रतिनिधि सभा सदस्य केदार सिग्देलले पार्टीमा स्वागत गरेका थिए। गण्डकी प्रदेश सदस्य ओमराज आलेमगरले पार्टीमा आउनेहरुको भविष्य उज्यालो रहेको बताए।