बिमलेन्द्र निधिले गरे १० लाख राहत घोषणा
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नम्बर–२ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ ।
काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
पार्टीको निर्देशनमा उपसभापति निधि आज दिउँसो हावाहुरी प्रभावित क्षेत्र गएका थिए । बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट गएराती सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।