राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने पक्राउ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने पक्राउ



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अत्यन्त अमर्यादित, अशोभनीय देखिने गरी तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले राष्ट्रप्रमुख र सरकार प्रमुखको मानमर्दन गर्ने पोस्ट गर्ने पाल्पाको परान्दी गाउँपालिकाका २२ वर्षीय निर्मल गैरे र रुपन्देहीका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो ।

गैरेलाई भक्तपुर र पन्थीलाई चितवनबाट पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको ब्यूरोले जनाएको छ ।

आरोप प्रमाणित भएमा कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना वा दुवै हुन सक्नेछ ।