घुससहित नायब सुब्बा पक्राऊ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

घुससहित नायब सुब्बा पक्राऊ



भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राऊ गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भक्तपुरको संकलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोवनमा सेवाग्राहीसंग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत्त जगातीले जानकारी दिएको छ ।