कार्यकर्तालाई उद्धार र राहतमा जुटन नेविसंघको निर्देशन - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

कार्यकर्तालाई उद्धार र राहतमा जुटन नेविसंघको निर्देशन



काठमाडौं– नेपाली विद्यार्थी संघले आफ्ना कार्यकर्तालाई बारा र पर्सा लगायत तराईका जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहात कार्यमा जुट्न आग्रह गरेको छ।

आइतबार बेलुका आएको विनासकारी हावाहुरीका कारण देशले अकल्पनिय क्षती ब्यहोर्नुपरेको बताउँदै नेविसंघले घटनाप्रति दुःख ब्यक्त गरेको छ। नेविसंघले घाइतेको उपचारमा तदारुपता देखाउन पनि आग्रह गरेको छ।

नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ, तत्काल घाइतेहरुको उद्दार, उपचार तथा राहत कार्यमा सरकारले तिव्रता दिनुका साथै बिस्थापित परिवारको सरकारले चाडो भन्दा चाडो पुर्नस्थापनाको ब्यवस्था गरोस्।

आइतबार साँझ बर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३१ जनाको ज्यान गइसकेको छ । पाँच सय भन्दा बढी घाइते छन् ।