मुख्यमन्त्री राउतले गरे राहत कोष स्थापना - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मुख्यमन्त्री राउतले गरे राहत कोष स्थापना



प्रदेश नम्बर २ सरकारले हावाहुरीबाट प्रभावित भएका बारा र पर्साका बासिन्दालाई सहयोग गर्न मुख्यमन्त्री राहत कोष स्थापना गरेको छ।

सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा रकम जम्मा गर्न सकिने मुख्यमन्त्री लालबाबु राउतले जनाएका छन्।

आइतबार साँझ एक्कासी आएको हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ भने सयौं घाइते छन्।