धुर्मुस पुगे बारा, राहत सामग्री वितरण गर्ने
काठमाडौं- हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) राहत सामग्रीसहित हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन् ।
धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर बारा पुगेको बताइएको हो ।
आफूहरू प्रभावित क्षेत्र पुग्ने बित्तिकै उद्धार तथा राहतमा खटिने बताए । त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री सहित धुर्मुस बारा पुगेका हुन् ।
धुर्मुसले हावाहुरीको घटनाले आफूलाई बेचैन बनाएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । आइतवार साँझ आएको हावाहुरीले बारा र पर्सामा २७ जनाले मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।