तराईमा आज पनि तीब्र गतिको हावाहुरी चल्ने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

तराईमा आज पनि तीब्र गतिको हावाहुरी चल्ने



काठमाडौं । पूर्वीतराईमा सोमबार पनि हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ । भारतको मौसम पूर्वानुमान निकायले बिहारमा आज पनि तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरेको बिबिसीले उल्लेख गरेको छ । त्यसको असर नेपालको पूर्वी तराईमा समेत पर्ने मौसम पूर्वानुमान न निकायले जनाएको छ ।

भारतको मौसम पूर्वानुमान निकायले आइतबार पश्चिम बंगाल राज्य तथा बिहार नेपालको तराईमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने अनुमान गरेका्े थियो । मौसम पूर्वअनुमान निकायले भने जस्तै बारा र पर्सामा आइतबार भीषण हावाहुरी आयो । हावाहरीबाट ठूलो धनजनको क्षति भएको छ । हावाहुरीबाट मर्नेको संख्या सोमबार दिउँसोसम्म ३२ पुगेको छ । हावाहुरीबाट ४ सय भन्दा वढीबाट घाइते भएका छन् ।

मौसमविद्हरू चैतदेखि जेठसम्मको समय नेपालमा प्रिमन्सुन गतिविधि हुने बताउँछन्। त्यसैले अपराह्नपछि जुनसुकै बेला हावाहुरी लाग्ने सम्भावना हुन्छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा आइतबार मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो। तर यति ठूलो क्षति पुर्‍याउन सक्नेगरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले बताएका छन्।