गृहमन्त्री बादलसहित ४ मन्त्री हावाहुरी प्रभावित क्षेत्रमा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

गृहमन्त्री बादलसहित ४ मन्त्री हावाहुरी प्रभावित क्षेत्रमा



बारा–पर्सामा गएराति गएको भिषण हावाहुरीमा परेका घाइतेको स्थलगत निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ४ जना मन्त्री जाने भएका छन् । बाराबाट ६ जना घाइतेलाई लिएर आएको सेनाको स्काई ट्रकमा चढेर उनीहरु बारातर्फ जान लागेका हुन् ।

बादलसहित उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री इस्तियाक राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ केहीवेरमा त्यसतर्फ प्रस्थान गर्दैछन् ।

उनीहरु सेनाको स्काई ट्रकमा चढेर झापाको चन्द्रगढी विमानस्थलमा जानेछन् । त्यहाँ प्रधानमन्त्री केपी ओलीसँगै फर्किएर हावाहुरीबाट प्रभावित स्थानको स्थलगत निरीक्षण गर्नेछन् ।

मन्त्रीसहित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ससशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि त्यसतर्फ जाँदैछन् ।