बिचरा, मन्त्री मातृका यादव ! - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

बिचरा, मन्त्री मातृका यादव !



काठमाडौँ । नेपाललीमा एउटा चर्चित उखान छ – कुनै बेला कुकुरको पनि बेला आउँछ । यसको अर्थ हो समाजमा कोही पनि व्यक्तिले कुनै पनि पद पाउँदैमा त्यो सँधैलाई हुँदैन ।

पद, अवसर भन्ने कुरा निश्चित समयका लागि हुन् । समय पुगेपछि ती पद, अवसर उल्टो व्यक्तिका लागि घाँडो हुन्छन् । दीर्घकालसम्म व्यक्तिको मूल्यांकन र सन्टुष्ट हुने भनेको उसको कर्म र व्यवहारले हो ।

अहिले सत्ताधारी दलका २४ मन्त्रीमध्ये एक मातृकाप्रसाद यादवलाई त्यस्तै भइरहेको छ । कुनै बेला यादव भन्नेबित्तिकै उनका पार्टीका कार्यकर्ता मात्र नभई कर्मचारीसमेत थर्रर हुन्थे । मन्त्री पदमा बहाल रहँदा उनले कतिपय कर्मचारीलाई शौचालयमा थुनेर डर, त्रास सिर्जना गर्थे । त्यसैले पनि यादव सहभागी हुने कार्यक्रममा जो कोही कर्मचारी आतंकित हुन्थे । तर, अहिले समय फेरिएको छ । दुई तिहाइ सरकारका उद्योगा बाणिज्य तथा आपूर्ति मन्त्री यादवलाई जनताले नभई उनकै सहकर्मीले समेत बेवास्ता गर्न थालेका छन् ।

२०७५ चैत १५ गते सरकारले लगानी सम्मेलनको उद्घाटनमा यादवले बस्ने कुर्सी नै पाएनन् । शेरबहादुर देउवा नेतृत्वको पालामा उद्योग मन्त्री नविन्द्रराज जोशीले नै नेतृत्व गरेको लगानी सम्मेलनमा केपी ओली सरकारका उद्योग मन्त्रीले चाहिँ बस्ने कुर्सी नै नपाउने अवस्था आएपछि यादवको मन्त्रीबाट बाहिरिने दिन आइसकेको अनुमान गरिएको छ । आजको साँघु साप्ताहिकबाट ।