मन्त्रिपरिषद्को आकस्मिक बैठक : यस्तो छ तयारी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक : यस्तो छ तयारी



काठमाडौं– बारा र पर्सामा आएका हावाहुरीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ।

पूर्वी तराईका जिल्लामा विभिन्न कार्यक्रम लिएर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उक्त घटनापछि भ्रमण छोट्याएर काठमाडौं आउने भएका छन्।

प्रधानमन्त्री आए लगत्तै मन्त्री परिषद् बैठक बस्ने तयारी भएको एक मन्त्रीले बताए। बैठक बारा पर्साको घटनामा केन्द्रित हुनेछ।

बारा, पर्सामा राति आएको हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ। ५ सय भन्दा बढी व्यक्ति घाइते भएका छन्।