माधव नेपालले भने : बेरोजगारलाई भत्ता दिनु हुँदैन
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपालले बेरोजगारलाई भत्ता दिनु गलत भएको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले सरकारले बेरोजगारहरुलाई भत्ता होइन रोजगारी दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा उनले भने ‘बेरोजगारलाई भत्ता दिने गरी ल्याएको योजना गलत भएको र दीर्घकालमा यसको असर भयङ्कर हुनेछ । यसले युवाहरुमा परनिर्भता घटाउँछ । तसर्थ बेरोजगारलाई भत्ता होइन रोजगारी दिनु राम्रो हुन्छ ।
कार्यक्रममा नेता नेपालले अहिलेको नेपालको शिक्षा जीवन उपयोगी नभएको भन्दै पाठ्क्रम पनि परिमार्जन गर्नुपर्ने तर्क गरे ।