मोटरसाईकल दुर्घटनामा तीन जनाको मृत्यु - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

मोटरसाईकल दुर्घटनामा तीन जनाको मृत्यु



बर्दिया । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–९ स्थित बनगाईमा मोटरसाईकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधुवन नगरपालिका–१ का २१ बर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया ९ का २३ बर्षीय खगेन्द्र बस्नेत छन् ।

दुर्घटनामा घाईते भएका उनीहरु तीनै जनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

मृतक सुरज चौधरीले चलाएको भे ८ प ६९६८ नं. को मोटरसाईकल र खगेन्द्र बस्नेतले विपरित दिशाबाट चलाएर आएको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिए ।

तिव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।