वडाध्यक्ष कै पेट्रोल पम्पबाट मिसावट पेट्रोल विक्री वितरण - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

वडाध्यक्ष कै पेट्रोल पम्पबाट मिसावट पेट्रोल विक्री वितरण



डडेल्धुरा । डडेल्धुरा सदरमुकाम कीर्तिपुरस्थित उग्रतारा आयल स्टोरबाट प्रज्वलनशील तरल पदार्थ पेट्रोल मिसावट गरी बिक्री भईरहेको छ ।

अमरगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नरबहादुर साकीँले संचालन गरेको उग्रतारा आयल स्टोर पेट्रोल पम्पले विक्री मिसावट युक्त पेट्रोल विक्री वितरण गरेको खुलासा भएको छ ।

उग्रतारा आयल स्टिोरबाट पेट्रोल हालेको दुई मिनेटमै मोटरसाईकल बन्द भएपछि पेट्रोलको पाईप खोलेर हेर्दा सेतो तरल पदार्थ निस्केको अजयमेरु गाउँपालिकाका मोटरसाईकल धनि हर्कबहादुर बोहराले बताए ।

उग्रतारा आयल स्टोरबाट पेट्रोल हालेरका दर्जनौ मोटरसाईकलहरु ग्यारेजमा हालेर गाडीको पेट्रोल पम्प सफा गर्न लगाईरहेको छन् ।

पेट्रोल हालेको केही समयमै मोटरसाईकलहरु आफै बन्द हुने समस्या देखिएपछि मिसावटको पेट्रोल विक्री वितरण गरेको खुलासा बाहिरिएको छ ।