एसइई : चैत्र २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

एसइई : चैत्र २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय



काठमाडौं- माध्यामिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अघि नै आउट भएपछि सरकारले प्रदेश नम्बर २ का सबै जिल्लामा चैत्र २१ गतेसम्मका सबै विषयको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लामा निरन्तर प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा वोर्डलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा वोर्डसहित केन्द्रीय अनुसन्धान व्यूरोले समेत छानविन गरिरहेको जानकारी दिए ।

उनले २२ गतेदेखिका परीक्षा थथावत् रुपमै सञ्चालन हुने तर २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।