घोडाघोडीमा नगर स्तरिय खाद्य अधिकार संजालको गठन

विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकामा नगर स्तरिय खाद्य अधिकार संजालको गठन गरिएको छ ।
घोडाघोडी नगरपालिकाका किसानहरुको क्षमता अभिवृद्धि ,मुद्दा घटनाको पहिचान तथा किसानहरुको हकहितको वकालत गर्नको लागी घोडाघोडी नगरपालिकामा नगर स्तरिय खाद्य अधिकार संजालको गठन गरिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
घोडाघोडी नगरपालिका भित्रका खाद्य अधिकार हनन भएका ब्यक्ति ,समूह ,महिला बालबालिका ,किसान लगायतको खाद्य अधिकारको बारेमा वकालत गर्न सजिलो होस भन्ने हेतुले लचिलो संजालको रूपमा गत फागुन १३ गते गया प्रसाद चौधरीको संयोजकत्वमा १३ सदस्यीय नगर स्तरीय खाद्य अधिकार संजालको गठन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
समितिका सदस्यहरुमा क्रमश: लक्ष्मी मिश्र ,विशाल पाण्डेय,इन्द्रा केसि ,गणेश प्रसाद चन्द,मिना चौधरी ,कृष्ण बिक,जुगराम चौधरी , किसोर परियार,बिन्तिराम चौधरी पदमा बोगटी रहेका छ्न भने पदेन सदस्यमा धनिराम सुवेदी र सुन्दर कलि चौधरी रहेका छन् ।
पत्रकार सम्मेलनमा खाद्य संजालले समयमा किसानलाई मल उपलब्ध नहुने र किसानहरुले भारतबाट ल्याउदा विभिन्न झन्झट बेहोर्नु पर्ने हुने हुँदा किसानलाई समयमै गुणस्तरीय मल उपलब्ध गराउन , घोडाघोडी नगरपालिका -४ का सिमथरी टोलका १२७ घरपरिवारको ८५ बिगाहा जमिनमा सिचाइको व्यवस्था गर्न , घोडाघोडी नपा -१२ कोटामा लामो समयदेखि बसोबास गरिरहेका घरपरिवारहरुको जग्गा दर्ता गरि सरकारी सेवा पाउने ब्यवस्था मिलाउन ,घोडाघोडी नगरपालिकामा कृषि क्षेत्रमा अधिकतम बजेट बिनियोजन गर्न माग गर्ने लगायतका सवालहरुमा तत्काल सरकारको ध्यानाकर्षण गराउने संयोजक गया प्रसाद कठरियाले जानकारी दिए ।
संजालको सहयोगी संस्था परिवर्तनका लागी युवा समुह (याक नेपाल) का कार्यकारी निर्देशक डबल बमले जनताका समस्याका आधारमा परियोजना लागु हुने भएकाले खाद्य सम्बन्धीका समस्याहरु भए खुलेरै आउन आग्रह गरेका छन् ।

