भारतीयलाई नेपाली नागरिकता बाँडेर थाकेन सरकार :चित्र बहादुर केसी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

भारतीयलाई नेपाली नागरिकता बाँडेर थाकेन सरकार :चित्र बहादुर केसी



काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ३८ लाख भारतीय नागरिकलाई नेपाली नागरिकता दिइएको दाबी गरेका छन्। सोमबार राजधानीमा आयोजित नागरिकता विधेयकसम्बन्धी अन्तक्र्रियामा अध्यक्ष केसीले भारतीय नागरिकलाई अवैध रूपमा नेपाली नागरिकता दिइएको दाबी गरेका हुन्।

‘३८ लाख भारतीयले नेपाली नागरिकता पाएका छन्। अरू थप २३ लाखलाई दिने तयारी भइरहेको छ’, अध्यक्ष केसीले भने, ‘अङ्गीकृत नागरिकलाई संवैधानिक तथा कार्यकारी प्रमुख हुन पाउने प्रावधान बनाउने प्रयास भइरहेको छ। यसले नेपाललाई भारतमा विलय गराउने प्रक्रियालाई छिटो गराउने छ।’

भारतीयलाई दिइएका नेपाली नागरिकता तत्काल खारेज गर्न सरकारसँग केसीले मागसमेत गरेका छन्। उनले शक्तिशाली नागरिकता छानबिन आयोग गठन गरी अवैध रूपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन्।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरूलाई आग्रह गरेका छन्। उनले भारतले नेपालमा वंशजको आधारमा आफ्ना नागरिकलाई नागरिकता दिलाउन कर्मचारीहरूलाई समेत प्रयोग गर्न सक्ने आशङ्कासमेत पनि व्यक्त गरे। ‘हाम्रो सानो देश दुई ठुला देशको बिचमा रहेको कुरा हामीले सधैँ ध्यानमा राख्नुपर्छ।