हामीले आन्दोलनलाई फेरि उठाएका छौँ :प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

हामीले आन्दोलनलाई फेरि उठाएका छौँ :प्रधानमन्त्री ओली



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलले लुटपाट गर्न दिन्न भन्दा आलोचना गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवको गतिविधि सरकारलाई सह्य नहुने चेतावनी दिए ।

ओलीले भने, ‘विप्लवको नाममा कम्युनिस्टको बर्को ओडेका सिद्धान्त नजानेकाले गृहमन्त्री बादलले लुटपाट गर्न दिन्न भन्दा आलोचना गरेको सुनियो । के अब गृहमन्त्रीले विप्लवलाई लुटपाट गर बन्दुक पड्काउ भन्ने ? लुटपाट गरेर जनसत्ता दल्याउँछु भन्ने सपनाको छेउछाउ पनि पुग्दैन् ।’

प्रधानमन्त्री ओलीले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरिने वचन दिए । भने, ‘पार्टीमा कुनै प्रकारको गुटबन्दी छैन् । आवश्यकता पनि छैन् । कसैलाई काख कसैलाई पाखा हुँदैन । ठूलो संगठन हुँदा कहिलेकाही पाखा लगायो भन्ने लाग्ला तर त्यस्तो हुँदैन् ।’

गुटबन्दीले आफैलाई हानी हुने ओलीको भनाई थियो । उनले भने, ‘हामीले आन्दोलन लाई फेरि उठाएका छौँ । हामी कहिले काहीँ लाखापाखा भयौं । कहिलेकाही छैनौं कि भन्ने लाग्यो पराजित भएर लात हानेर गोलघर हालिएका हरु हामी हरेस खाएनौँ । सामाजिक आन्दोलन उठायौँ ।