रुपन्देहीबाट विप्लवका नेताहरु पक्राउ - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

रुपन्देहीबाट विप्लवका नेताहरु पक्राउ



रुपन्देही – रुपन्देहीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विप्लव समूहका आचार्यसहित कार्यकर्ताहरु रेशम मल्ललाई सैनामैना वनकट्टा र शिव रानालाई सैनामैनाकै सरौलीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका आचार्य रुपन्देहीको सूर्यपूरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक समेत हुनुहुन्छ ।