बुटवलमा गोली हानि एक जनाको हत्या

बुटवल । बुटवलमा गोली हानि एक जनाको हत्या भएको छ ।
बुधबार साँझ एक अज्ञात समूहले अन्दाजी ४५ बर्षीय फीरोज खानको हत्या गरेको हो ।
खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे। उनको छातिमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

