नेपाल बन्द फिर्ता - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

नेपाल बन्द फिर्ता



काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ। सोमबार विज्ञप्ति सार्वजनिक गर्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको विप्लवको पार्टीले बुधबार बन्द फिर्ता लिने निर्ण य गरेको हो। सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले सोमबार नेपाल बन्दलगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो।नेपाल बन्द घोषणा गरेकै दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परी क्षा परेपछि विप्लवको पार्टीले बन्द फिर्ता लिने निर्णय लिएको स्रोतको दाबी छ।

बार एसोसिएसन र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन आग्रह गरेका थिए। बन्द फिर्ताको विषयमा आधिकारी विज्ञप्ति केही समयमा सार्वजनिक हुने स्रोतको दाबी छ।विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्या पी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख थियाे । बन्द बाहेक अन्य कार्यक्रम यथावत रहने छन् ।