सिन्धुपाल्चोकमा विस्फोट : चार जनाको मृत्यु - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सिन्धुपाल्चोकमा विस्फोट : चार जनाको मृत्यु



सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४, चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा कार्यरत मजदूरहरु रहेका छन् । शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा ग्यास सिलिन्डर विस्फोट भएको थियो ।

मृतक सबै भोटेकोशी गाउँपालिका–४ का स्थानीय रहेको तर पहिचान नखुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले पुष्टि गरे।