२४ घण्टामै लाइसेन्स पाउने हल्लाको रहस्य यस्तो छ ! - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

२४ घण्टामै लाइसेन्स पाउने हल्लाको रहस्य यस्तो छ !



समाचार माध्यमहरूमा २४ घण्टाभित्र लाइसेन्स पाइने हल्ला चलाइएको छ । यातायात व्यवस्था विभागले निकालेको सूचनाको आधारमा चलाइएको हल्लाको अन्तर्य भने अर्कै छ ।

यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाका लागि मात्रै २४ घण्टामा लाइसेन्स पाइने बताएको छ । खासमा ‘नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखी आएको पत्रको आधारमा छिटो स्मार्ट कार्ड प्रिन्ट गरी पाउँ’ भनी निवेदन दिएको खण्डमा पाइने बताइएको छ ।

तर यो सेवा सामान्य अवस्थामा वा विभागबाट पत्र ल्याउन नसकेको अवस्थामा भने पाइने छैन ।

बिगतमा पनि यो सेवा नभएको भने होइन, यो सेवा विगतमा ८ दिनमा दिने व्यवस्था थियो अहिले यसलाई २४ घण्टामा दिने बनाइएको हो ।

हाल अत्यावश्यक सेवा लिने बाहेककालाई महिनौँ सम्म कुराइएको छ । जबकि ४ लाख ५० हजार भन्दा बढी चालक रसिद कै भरमा सवारी चलाउन बाध्य छन्। यो सेवा पनि छिटो दिने भनेर प्रकृया चाहिँ अगाडी बढाउन खोजिएको छ, तर त्यो पनि कति प्रभावकारी हुन्छ भन्ने थाहा छैन ।