ओली सिके राउतकाे प्रवक्ता :नेता महतो - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

ओली सिके राउतकाे प्रवक्ता :नेता महतो



काठमाडाैँ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतकाे प्रवक्ता बनेको आरोप लगाएका छन्।

नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रदर्शन गरिरहेको दाबी पनि गरे। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले टिकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझिदिन पनि सबैलाई आग्रह गरे।

नेता महतोले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर, टिकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइकोमा आपत्ति पनि जनाए।

नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने पनि बताए।