विप्लव समूहका कोशी ब्युरो संयोजक पुष्कर पक्राउ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लव समूहका कोशी ब्युरो संयोजक पुष्कर पक्राउ



काठमाडाैँ। नेत्रविक्रम चन्द विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा पुष्कर आइतबार राती पुर्वी क्षेत्रबाट पक्राउ परेका हुन् ।

काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीको विशेष ब्यूरोले गृहमन्त्रालयको निर्देशनअनुसार विप्लव समूहका नेता तथा कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ । सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

शुक्रबार राति मात्रै विप्लव समूहका मध्यकमाण्ड ईन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शनसहितका ९ जना नेताहरुलाई पक्राउ गरेको थियो । ओली विप्लव समूहका तेस्रो वरियताका नेता हुन् ।

त्यसअघि पनि प्रहरीले विप्लव समूहका दर्जनौँ नेता, कार्यकर्ताहरुलाई पक्राउ गरिसकेको छ ।