यस्तो छ प्रचण्ड पत्नी सीता दाहालको अहिलेको अवस्था
काठमाडौं । अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको बुझिएको छ ।
पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका गएका थिए । एक हप्ताको उपचारपछि सीताको स्वास्थ्यमा निकै सुधार आएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दाहालको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आएको छ र सोमवार ‘रिर्पोर्ट’ आएपछि सबै कुरा स्पष्ट हुन्छ । आफैं हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकी सीता उपचारपछि अहिले आफैं हिँडडुल गर्न सक्ने भएकी छिन् ।
सोमवारको रिपोर्ट हेरेर थप उपचार गराउनुपर्ने वा फर्किनु पर्ने तय हुने बताइएको छ । सीताको उपचार अमेरिकाको जोन हप्किङ्स अस्पतालमा भइरहेको छ ।