प्रचण्ड बिहीबार नेपाल फर्कने : सीता दाहालको स्वास्थ्यमा सुधार
काठमाडौं– पत्नी सीता दाहालको उपचारका लागि हाल अमेरिकामा रहेका नेकपा अध्यक्ष प्रचण्ड बिहीबार (चैत १४ गते) स्वदेश फर्केने भएका छन् । प्रचण्ड बिहीबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
पत्नी सीताको उपचारका लागि प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए । दाहाल पत्नी सीताको अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा उपचार भइरहेको छ । प्रचण्डको एक पारिवारिक सदस्यका अनुसार सीताको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएकाले बिहीबार स्वदेश फर्किन लागिएको हो ।
दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन् । अमेरिकामा रहँदा प्रचण्डविरुद्ध एक नेपालीले उजुरी गरेपनि अमेरिकाले ‘नो इन्भेस्टीगेसन सर्कुलर’ गरेको थियो ।