महन्थ ठाकुरले भने : राज्यले मधेसी थारुमाथि किन सधै विभेद गर्छ ? - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

महन्थ ठाकुरले भने : राज्यले मधेसी थारुमाथि किन सधै विभेद गर्छ ?



काठमाडौँ- प्रतिनिधिसभामा आइतबार बोल्दै राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले सरकारले आफ्नो दायित्व पूरा नगरेको जिकिर गरेका छन्।

उनले संसदमा भने, ‘संविधान बन्दा पनि मधेसलाई उपेक्षा गरियो। यथास्थितिमा रहने गरी संविधान बन्यो। राज्य आतंकबाट नागरिक भयभीत भएका छन्। सरकारले राज्यका सबै निकाय प्रयोग गरेर राजपाको सांसदलाई जन्मकैदको सजाय दिइयो। अधिकारको लडाइँ लड्दा मर्नुपर्ने, जेल जानु पर्ने? राज्यले जे गर्दा पनि हुने तर जनताले अधिकारको लडाइँ लड्न नपाइने? यो मधेसी थारुमाथि गरिएको विभेद होइन?’

उनले सबै अधिकार केन्द्रिकृत गर्न खोजिएको आरोप लगाए। ‘संरचना बनाउन खोजे पनि अधिकार छैन, कर्मचारी छैन। कागजमा मात्र भएर हुन्छ?’ उनले संसदमा भने।

उनले हिट्लर र मुसोलोनी पनि संसदबाटै निर्वाचित भएको उल्लेख गर्दै भने, ‘हामी त्यतातिर जाने होइन। मलाई विश्वास छैन। एउटा व्यक्तिमा अधिकार केन्द्रित गर्दा प्रवृत्ति निरंकुशतातर्फ जाने देखिन्छ।’