ओलीको जिल्ला पुगेर प्रकाशमान यसरी गर्जिए - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

ओलीको जिल्ला पुगेर प्रकाशमान यसरी गर्जिए



काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारको एक वर्षे कार्यकाललाई मूल्याङ्कन गर्दा पूर्णरुपमा असफल भएको बताएका छन्। नेपाली काँग्रेस झापाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले काम भन्दा भाषण र सस्तो लोकप्रियतामा सरकार रमाई रहेको र जनअपेक्षा बुझ्न नसकेकाले पूर्णरुपमा असफल भएको ताएका हुन्।

व्यवसायीहरूलाई मुलुकमा लगानी मैत्री वातावरण रहेकोमा आश्वस्त पार्न नसकेको र विकास बजेटसमेत खर्च गर्न नसकेको सरकारले लगानी सम्मेलन गर्नुको कुनै तुक नरहेको बताए। सरकारले सुरक्षा परिषद्लाई कम्जोर बनाएर प्रधानमन्त्रीलाई सर्वेसर्वा बनाउन खोजिरहेको आरोप लगाएका छन्। उनले सरकारको नियत खोटपूर्ण रहेको बताउँदै त्यसप्रति सचेत हुन आग्रह गरे।

फरक प्रसङ्गमा बोल्दै नेता सिंहले काँग्रेस भित्र बिधिसम्वत निर्णय गर्ने पद्धति हट्दै गएको र यसले पार्टी कमजोर हुँदै गएको टिप्पणी गरेका थिए। पार्टीभित्र कार्यकर्ताको उचित मूल्याङ्कन हुन नसकेको भन्दै सिंहले गुनासो गरे। पार्टीभित्र तेरो मेरो भन्ने परिपाटी हाबी भएकाले गत निर्वाचनमा पराजय भोग्नु परेको उनले बताए।

सबै नेता कार्यकर्ताले जिम्मेवार बनेर निर्णय नलिए आगामी दिनमा पार्टीलाई थप चुनौती हुने नेता सिंहले बताए। ‘पार्टीका कुरा बोलौँ विरोध गरेजस्तो हुने। नबोलौ पार्टीमा तानाशाही प्रवृत्ति हाबी हुँदै गएको छ’, उनले भने, ‘विधान संवत् पार्टी सञ्चालनका लागि बाध्य भएर बोल्नु परेको छ। विधान तहः पार्टी सञ्चालन गर्न नसकेकाले अहिलेको नेतृत्व पूर्ण असफल भएको छ।’ उनले पार्टी नेतृत्वलाई विधानको पालना गर्दै अगाडी बढ्न सुझाव दिए।