हेमन्त प्रकाश ओलीसहित ९ जना अदालतमा - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

हेमन्त प्रकाश ओलीसहित ९ जना अदालतमा



पक्राउ परेका नेकपा माओवादीका नेता हेमन्तप्रकाश ओलीलाई अदालतमा उपस्थित गराइएको छ । ओलीसहित प्रक्राउ परेका अन्य ८ जना माओवादी कार्यकर्तालाई अदालत उपस्थित गराइएको हो ।

हिजो पक्राउ परेका ओली र उनका कार्यकर्तालाई जिल्ला अदालत ललितपुर लगिएको हो । एनसेल कार्यालयमा बिस्फोटनको जिम्मा लिएका ओलीलाई प्रहरीले हिजोराति काठमाडौं आउँदै गर्दा काभ्रेमा समातेको हो ।

ओली प्रक्राउ गर्न काठमाडौंबाट गएको प्रहरी टोलीले तीन दिन पछि मात्रै उनलाई नियन्त्रणमा लिन सफल भएको हो । अहिलेको संविधान र व्यवस्थाको विरुद्ध रहेको नेकपा माओवादीलाई केहीदनि अघि मात्रै सरकारले प्रतिवबन्ध लगाएको हो । सरकारले प्रतिवन्ध लगाएसँग माओवादीप्रतिको कारवाहीलाई प्रहरीले तिव्र बनाएको हो ।

ओलीलाई ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा चलाइने प्रहरीले जनाएको छ । ओली माओवादीका वैचारिक नेता मानिन्छन् ।