निर्मला काण्ड : एसपी विष्ट साढे १० लाख धरौटीमा ‘रिहा’

महेन्द्रनगर– निर्मला हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको तथा प्रमाण नस्ट गरेको अभियोग लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (बर्खास्तीमा परेका) एसपी दिल्ली विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत कञ्चनपुरले पूर्व एसपी विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

