हाम्रो इतिहास गौरवपूर्ण छ, आगामी दिनमा अझ सशक्त लाग्नेछौ : अधिवक्ता सुनिल पोख्रेल

तेजेन्द्र पाण्डेय
अधिवक्ता सुनिल पोख्रेलले लोकतान्त्रिक कानुन व्यवसायीको इतिहास गौरव गर्न लायक भएको बतायका छन्।पोख्रेलले नेपालमा राणा शासन, पञ्चायत तथा राजाको निरङ्कुश व्यवस्था हटाउन आफूहरूले विगतमा उल्लेख्य भूमिका निर्वाह गरेको बताएका छन् ।
चैत्र १६ गते हुन गइरहेको नेपाल बार एसोसिएसनको निर्वाचनमा बृहत् लोकतान्त्रिक कानुन व्यवसायीको समूहबाट अध्यक्षका उम्मेदवार समेत रहेका पोख्रेलले आगामी दिनमा स्वतन्त्र न्यायपालिका लागी आफूहरू झनै सशक्त रूपमा अगाडी बढ्ने बताए ।
आज राजधानीमा आयोजित निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै उनले भने ‘हामी कानुनको सीमा भित्र रहेर सदा देश हितमा लागिरह्यौ, विगतका ऎतिहासिक उपलब्धिमा लोकतान्त्रिक कानुन व्यवसायी कुनै विचलन नभई लाग्नुभयो, अब समयानुसार कानुनब्यबसायिको प्रभावकारिता बढाउने देखी अदालत र जनता बिचको सम्बन्ध अझ सुमधुर बनाउन हामीलाई सम्पूर्ण कानुन व्यवसायीको मतको खाँचो छ’ ।
देशमा विद्यमान केही अन्यायपूर्ण व्यवस्थाको विषयमा बोल्दै पोख्रेलले भने ‘आज अदालतमा केही तत्त्वहरूले खेल खेल्न खोजिरहेका छन्, कानुन हातमा लिने प्रयास गरिरहेका छन् तर त्यसको विरोधमा सुनिल पोख्रेलको समूहले सशक्त कदम चाल्नेछ, हामीलाई कानुनब्यबसायिको साथ भय पुग्छ, न्यायका निम्ति लड्न तयार छौ’ ।

