बिनासर्त रिहाइ गर्न अनेरास्ववियु क्रान्तिकारीको चेतावनी (विज्ञप्ति) - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बिनासर्त रिहाइ गर्न अनेरास्ववियु क्रान्तिकारीको चेतावनी (विज्ञप्ति)



अनेरास्ववियु ( क्रान्तिकारी ) क्याम्पस जिल्ला समिति सचिवालय सदस्य एवम नेपाल कमर्स क्याम्पस मिनभवन इकाईका अध्यक्ष प्रकाश काजी कठायतलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको छ।

सोही गिरफ्तारीको विषयलाई लिएर अखिल ( क्रान्तिकारी ) क्याम्पस जिल्ला समिति काठमाडौले शनिवार कडा बिज्ञाप्ति निकाल्दै बिना सर्त रिहाइ गर्न चेतावनी दिएको छ।

अखिल (क्रान्तिकारी ) अध्यक्ष उषा किरण आजादको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, “पढिरहेकै कक्षाकोठाबाट बिनाकारण अपहरण शैलीमा गिरफ्तार गरिएको छ। प्रशासनको उक्त फासीवादी कदमको हामी निन्दा गर्दछौ । साथै यथाशीघ्र रिहाइको माग गर्दछौ”।

यदि कलम माथि प्रतिबन्ध लगाउन खोजे गम्भीर परिणाम निस्कने चेतावनी समेत दिन चाहन्छौ।”

सरकारले नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाए सँगै प्रहरीले उक्त नेतृत्वका नेताहरूलाई पक्राउ गर्न सुरु गरेको छ।