रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ? - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ?



काठमाडौं – चर्चा र विवादितमा रहने टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता गर्ने तयारी भएसँगै उनलाई अर्को आपत आइलाग्ने भएको छ ।

‘सिधा कुरा जनतासँग’ नामको कार्यक्रम चलाउँदै आएका लामिछानेले केही महिनाअघि पत्नी इशासँग सम्बन्धविच्छेद गरी अर्को विवाह गरेका थिए । डिभोर्सअघि भएको सहमति पालना नगरेको भन्दै इशाले रविविरुद्ध मुद्दा हाल्ने तयारी गरेकी हुन् ।

इशाले रविलाई ठगी र चेक बाउन्समा मुद्दा लगाउने भएकी छिन् । उक्त मुद्दामा रविको गल्ती भेटिए जेलसम्म हुने प्रावधान रहेको छ । इशाले डिभोर्सअघि अमेरिकास्थित घर खरिद गर्दा लागेको ऋण तिरिदिने सम्झौता गरेको तर हाल उक्त ऋण नतिर्ने बताएपछि इशा कानूनी विकल्पमा जाने भएकी हुन् ।रविले पछिल्लो समय ऋण नतिर्ने भन्दै सकेको गर्न चेतावनी दिने गरेको गुनासो इशाको छ ।

रविले छोरीहरूमार्फत पैसा नदिने बताउने गरेको उनको भनाइ छ । उनले कार्यक्रम सञ्चालन गर्ने टेलिभिजनबाटै आफूले अमेरिकाको घर इशालाई दिएको र ऋण पनि तिरिदिने घोषणा गरेका थिए ।रविले इशालाई बैंकको चेक दिएका थिए ।

तर चेकमा पैसा नभएको उनले बताइन् । हाल अमेरिकामा रहेकी इशा मुद्दा दर्ताका लागि छिट्टै नेपाल आउने भएकी छन् । इशाले नेपालमा रहेका विभिन्न पत्रकारसँग कुराकानी गर्दै दुःख समेत पोख्ने गरेकी छन् ।