रमेश लेखकले नेकपा र राप्रपाका सयौं कार्यकर्ता कांग्रेसमा प्रवेश गराए - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

रमेश लेखकले नेकपा र राप्रपाका सयौं कार्यकर्ता कांग्रेसमा प्रवेश गराए



बैतडी। नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिस्ट शासनको १ बर्षमा नै जनता निरास भएको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिती बैतडीले शिबनाथ गाउँपालिकामा आयोजित अन्तर्कृया कार्यक्रममा बोल्दै लेखकले जनतालाई निरास बनाउने कम्युनिष्टसँग जनता धेरै दिन नटिक्ने बताए। उनले जनताको आकर्षण कांग्रेसप्रती बढदै गएको बताए।

जिल्लाभरका स्थानिय तहको अन्तरक्रियाका क्रममा शिवनाथ पुगेका लेखकले कम्युनिस्टका कारण देश द्वन्दको भुमरीमा जान्छ कि भन्न्र चिन्ता लागेको बताए। कम्युनिस्ट सरकार बिकास बिरोधी भएका कारण पनि देशमा विकास हुन नसकेको उल्लेख गर्दै कांग्रेसले शुरूवात गरेका बिकास निर्माणका कार्य समेत सरकारको निर्देशनमा रोकिएको बताए।

कार्यक्रममा राप्रपा जिल्ला सदस्य राजु देवी साउद लगायत राप्रपा र नेकपा परित्याग गरि ११० जना नेपाली कांग्रेसमा प्रबेश गरेका थिए। नवप्रवेशीहरुलाई लेखकले पार्टीमा स्वागत गरे। लेखकले कम्युनिष्ट मुक्त देश बनाउने अअभियानमा सहकार्य गर्न सबै नवप्रवेशीहरुलाई आग्रह गरे।

कांग्रेस जिल्ला कार्य समिती वैतडीका सभापति नरेन्द्र सिंह थापाको सभापतित्वमा भएको कार्यक्रममा स्थानिय नेताहरु शिबराज भट्ट, चतुर बहादुर चन्द, कर्ण सिंह साउद, बिष्णुदत्त जोशीले आफ्नो धारणा राखेका थिए।