संघीयता हटाउन र हिन्दु राष्ट्र स्थापना गर्न जनमत संग्रह : शशांक कोइराला - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

संघीयता हटाउन र हिन्दु राष्ट्र स्थापना गर्न जनमत संग्रह : शशांक कोइराला



नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रहमा जान तयार रहेको बताएका छन्।

बुधबार काठमाडौँको टोखास्थित आफ्नै निवासमा होलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले तीनै विषयमा जनमत संग्रहमा जान तयार रहेको दावी गरेका हुन्।

निरन्तर रुपमा हिन्दू राष्ट्रका पक्षमा वकालत गर्दै आएको महामन्त्री कोइरालाले सो कार्यक्रममा पनि हिन्दू राज्यको पक्षमा पुनः वकालत गरेका छन्। ‘धाार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन म सबैलाई आह्वान गर्छु’, महामन्त्री कोइरालाले भने, ‘जनताले चाहे भने गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान कांग्रेस तयार छ।’

महासचिव कोइरालाले नेपालमा धभेरैजसो हिन्दूको बसोवास भएको र सदनदेखि मतदातासम्म हिन्दुको बहुमत भएका कारण सबैलाई समेट्न हिन्दू राष्ट्र हुनुपर्ने बताए।

फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति शेरबहादुर देउवासँग दवाव दिए । कम्युनिस्टहरु एकजुट भएका बेला पार्टीभित्रे एकता नहुने हो भने आगामी निर्वाचनमा पनि कांग्रेस विजयी हुन नसक्ने महामन्त्री कोइरालाको बुझाई छ।

महामन्त्री कोइरालाले पार्टीभित्रको एकताको पक्षमा आफूले पहल गर्दै आएको पनि स्मरण गराए।