विप्लवकाे कार्यालय प्रहरीको कब्जामा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लवकाे कार्यालय प्रहरीको कब्जामा



नेपाल कम्युनिस्ट पार्टी ‘विपलव’ समुहको रुपन्देहीको पार्टी कार्यालय प्रहरीले निन्त्रणमा लिएकाे छ । ‘रातो घर’ भनिने विप्लव समुहकाे रूपन्देही कार्यालयमा हस्तक्षेप गरी प्रहरीले भवन खाली गराएकाे छ ।

विप्लव समुहलाई प्रतिबन्ध लगाएदेखि नै बन्द रहेको पार्टी कार्यालयमा लगाएको ताल्चा प्रहरीले तोडेको हाे । नेपाल कम्युनिस्ट पार्टी नाम लेखिएको मुख्य ब्यानरसहितको झण्डा समेत प्रहरीले आज साँझ हटाएको इलाका प्रहरी कार्यलयका एक प्रहरी अधिकृतले बताए।

प्रहरीले नियत्त्रणमा साे भवन एक दशकदेखि तत्कालीन नेकपा माओवादी ,त्यसपछि बैद्य समुह हुँदै अहिले विप्लव समुहले कब्जामा लिएर कार्यलय पार्टी कार्यालय सञ्चालन गदैआएका थिए । राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको भवनलाई सुरुदेखिनै विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो ।

भवा नियन्त्रण लिएकाे विषयमा रुपन्देहीका प्रमुख जिल्ल अधिकारी उदयबहादुर रानासँग बुझ्ने खाेज्दा उनले आफुलाई यसबारे कुनै जानकारी नभएको बताए । भवनमा रहेका झण्डा र ब्यानर प्रहरीले हटाएको छ । सिदार्थ राजमार्गको छेउमा पर्ने राताे घर राष्ट्रिय बाणिज्य बैंकको भवन हाे ।