प्रचण्डको मुडेबलले जोगियो विना मगरको पद - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रचण्डको मुडेबलले जोगियो विना मगरको पद



काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बुहारी बिना मगरलाई मन्त्रीबाट हटाए अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाउनुपर्ने अडान राखेको श्रोत बताउँछ ।

मन्त्रीपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा अध्यक्ष प्रचण्डले बिना भन्दा अर्थमन्त्री खतिवडाको प्रगती विवरण कमजोर रहेकाले उनलाई पनि हटाउनुपर्ने अडान राखेको श्रोतले बतायो ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण ठेकेदार इटालियन कम्पनी सीएमसीलाई कमिसशन विवादमा लखेटेको खानेपानी मन्त्री विनामाथि आरोप लाग्दै आएको छ । दशैंसम्म काठमाडौंमा मेलम्चीको पानी आउने प्रतिवद्धता जनाएकी विनाले मेलम्चीमा काम गरिरहेको कम्पनी सीएमसीलाई लखेटेपछि मेलम्चीको निर्माणमा अन्यौलता उत्पन्न भएको छ ।

मन्त्री विना मगरले आम जनतालाई मात्र होइन, स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुमराहमा राखेर ब्रिफिङ गरेकाले मेलम्चीको पानी दुई महीनाभित्रै काठमाडौंमा आइपुग्छ भनेर सार्वजनिक रुपमा भाषण गर्न लगाएकी थिइन् ।

मन्त्रीबाट हटाउने चर्चा चल्न थालेपछि बिनाले खुमलटारस्थित निवासमा ससुरा प्रचण्डसँग धुरुधुरु रोएकी श्रोतको भनाइ छ ।

यो समाचार ‘साँघु’ साप्ताहिकबाट ।